नियम २०
सफल उम्मेदवारको सूची प्रकाशन गरिने
(१) लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमा सो परीक्षा समेतबाट उत्तीर्ण भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्येबाट देहायको अनुपातमा उत्तीर्ण उम्मेदवारहरू थप गरी अन्तरवार्ताको लागि उम्मेदवारको नाम वर्णानुक्रम अनुसार प्रकाशन गरिनेछः
रिक्त पद संख्या थप हुने संख्या
१ देखि ५ २
६ देखि १० ३
११ देखि १५ ४
१६ देखि २० ५
२१ देखि २५ ६
२६ देखि ३० ७
३१ देखि ३५ ८
३६ देखि ४० ९
४१ र सो भन्दा माथी २० प्रतिशत
तर अन्तिम क्रमसंख्यामा एक जना भन्दा बढी उम्मेदवारले बराबर अङ्क प्राप्त गरेमा त्यस्तो सबै उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।
(२) नियम १८ बमोजिम उत्तीर्णाङ्क प्राप्त गर्ने उम्मेदवार आवश्यक संख्यामा नभएमा जति जनाले उत्तीर्णाङ्क प्राप्त गरेका छन् त्यति उम्मेदवारको नाम प्रकाशन गरिनेछ ।
(३) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा समान स्तरका विभिन्न पदका लागि एउटै समयमा भएको भिन्दा भिन्दै शिक्षक पदको नतिजा प्रकाशित नामावलीमा परेको मध्ये जतिजना उम्मेदवारको नाम अर्को पदको नतिजा प्रकाशनमा परेको छ त्यतिकै संख्यामा थप उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(४) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा कुनै उम्मेदवार समान श्रेणीको वा सोभन्दा माथिल्लो श्रेणी वा पदमा पहिले नै सिफारिस भइसकेको भए लिखित परीक्षाको नतिजाबाट त्यस्तो उम्मेदवारको नाम हटाउनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम नाम प्रकाशन गर्दा अन्तर्वाता हुने मिति, समय र स्थान समेत खुलाउनु पर्नेछ ।